संवैधानिक नियुक्तिको सक्कल प्रति झिकाउन आदेश  « Khabarhub

संवैधानिक नियुक्तिको सक्कल प्रति झिकाउन आदेश 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यादेशमार्फत तत्कालीन केपी शर्मा ओलीको पालामा संवैधानिक निकायमा ५२ पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दामा सक्कल प्रति झिकाउने आदेश भएको छ।

संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति नआएपछि इजलासले राष्ट्रपति कार्यालयलाई नियुक्तिसम्बन्धी मुद्दामा सक्कल प्रति झिकाउन आदेश दिएको छ।

रिटको सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको संवैधानिक इजलासले राष्ट्रपति कार्यालयबाट सक्कल प्रति झिकाउन आदेश दिएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर ३० मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि संवैधानिक परिषद्को बैठक राखेर ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रतिनिधि सभा विघटन भएको बेला संसदीय सुनुवाइ नै नभई नियुक्त भएको भन्दै खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन गर्दा गरिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ३७ बजे

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक

पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति