खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन | Khabarhub Khabarhub

खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवार भएकाहरूको खर्च विवरण नबुझाउनेलाई कारबाहीको सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सबै उम्मेदवारलाई चुनाव प्रचारप्रसारमा उनीहरूले गरेको खर्चको विवरण पेस गर्न निर्देशन दिएको हो ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका उम्मेदवारले हालसम्म खर्च विवरण बुझाए नबुझाएको यकिन गर्न आयोगले मातहतका सबै निर्वाचन कार्यालयहरूलाई पनि निर्देशन दिएको छ ।

साथै खर्च विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरी आवश्यक कारबाहीका लागि सिफारिससहित आयोगमा पठाउन भनेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ५६ बजे

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने