चीन र भारतबीचको सम्बन्धमा मतभेदभन्दा साझा हितका विषय अधिक : चिनियाँ विदेशमन्त्री « Khabarhub

चीन र भारतबीचको सम्बन्धमा मतभेदभन्दा साझा हितका विषय अधिक : चिनियाँ विदेशमन्त्री


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित र चासोका विषय अधिक रहेका बताएका छन् ।

चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग भएको भेटमा उनले एकअर्काप्रति शङ्काउपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका हुन् ।

दुबै पक्षले एकअर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने तथा आपसी विश्वास अभिवृद्धि गर्न अपरिहार्य भएको बताए ।

‘द्विपक्षीय सम्बन्धलाई सुमधुर, स्थिर र स्वस्थ तुल्याउन चाडोभन्दा चाँडो दुवै पक्षले आधा बाटो हिँड्नुपर्छ, विश्वव्यापी चुनौतीलाई संयुक्तरूपमा सम्बोधन गर्न तथा साझा हितको रक्षाका निम्ति दुवै देश एकताबद्ध भएर हिँड्नुपर्छ’ उनलाई उद्धृत गर्दै समाचार समिति सिह्वाले जनाएको छ ।

विदेशमन्त्री वाङले दुबै देशका नेताबीच भएका महत्वपूर्ण रणनीतिक सहमतिको पालना, सीमा समस्यालाई द्विपक्षीय सम्बन्धमा उचित स्थान दिन तथा तिनको समाधान संवाद र परामर्शबाट दुबै मुलुकले खोज्नुपर्ने बताए ।

चीन र भारतले जनस्तरको सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार, मानव जातिको उज्ज्वल भविष्य निर्माणमा मिलेर काम गर्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।

सन् २०२० को अप्रिल–मेमा चीन–भारत सिमानाको हिमाली क्षेत्रमा दुई मुलुकका सैनिकबीच आपसी घम्साघम्सी र झडप भएयता दुई मुलुकबीचको सम्बन्ध चिसिएको छ ।

कैयौँ चरणका वार्तापछि दुबै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्ने र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुबै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : ४८ बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले