नेयमारलाई छाड्न चित्तबुझ्दो रकमको पर्खाइमा पीएसजी | Khabarhub Khabarhub

नेयमारलाई छाड्न चित्तबुझ्दो रकमको पर्खाइमा पीएसजी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यतिबेला फुटबल क्लबहरुले विभिन्न क्लबबाट राम्रा–राम्रा खेलाडी आफ्नो क्लबमा आबद्ध गर्न सरुवा बजार खुल्ला छ । यस्तैमा क्लबहरुले खेलाडी तथा प्रशिक्षक आफ्नो टोलीमा आबद्ध गर्दै आइरहेका छन् । यसमा ब्राजिलका तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड नेयमार पनि यसबाट अछुतो रहन सकेका छैनन् ।

पटक-पटक चोटका कारण टिमबाट बाहिर पर्ने गरेका नेयमारको भविष्यलाई लिएर पनि सरुवा बजारमा उनको चर्चा भइरहेको छ । केही समयअगाडि मात्रै सार्वजनिक एक रिपोर्टले नेयमारको सरुवा बजारको मूल्यमा ९० मिलियन युरोको हाराहारीमा घटेको जनाएको थियो ।

यही क्रममा पीएसजीले उनलाई राम्रो मूल्य पाए छाड्न तयार रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताउँदै आएका छन् । यस्तै, स्पेनिस समाचार संस्था मार्काका अनुसार नेयमारका लागि पीएसजीले आफुलाई सन्तुष्ट हुने मूल्य पाए क्लबबाट फुकुवा गर्ने उल्लेख गरेको छ ।

रियल मड्रिडले आक्रामक रुपमा विभिन्न क्लबहरुबाट खेलाडी भित्र्याइरहँदा नेयमारलाई रियलले लिन सक्ने आँकलन भइरहेपनि रियलले अहिलेसम्म आधिकारीक रुपमा आफ्नो विचार सार्वजनिक गरेको छैन ।

तर, पनि युवा स्टार नेयमारलाई क्लबमा भित्र्याउन सक्ने सम्भावना बलियो रहेको स्पेनिस क्लबहरुले अनुमान लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ४ : २१ बजे

सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू)

काठमाडौं-  नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ मा सहभागी

कश्मीरमा चरमपन्थीसँग भिडन्त, भारतीय सेनाका एक जवान मारिए

श्रीनगर- जम्मु-कश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना

पियोर इनर्जीको आईपीओ बाँडफाँड 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक