प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव « Khabarhub

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मितिमा दुई विकल्पसहित प्रस्ताव


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ ।

आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाको शुक्रबार बसेको नगर सभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आयोगले निर्वाचनका लागि दुवै विकल्प प्रस्ताव गरे ।

उनका अनुसार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने हो भने ३० कात्तिक र दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३ मंसिरको मिति आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।

स्थानीय तहको निर्वाचन गत वैशाखमा सम्पन्न गरेको सरकारले अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मंसिरभित्र सम्पन्न गर्नुपर्नेछ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ५७ बजे

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै

अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप

सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा

इरानको प्रतिकारमा अहिलेसम्म १७ अमेरिकी सैनिकको मृत्यु, ४३० भन्दा बढी घाइते

काठमाडौं– इरानमाथि आक्रमण गरेयता १७ जना अमेरिकी सैनिकको मृत्यु भएको

भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध आन्दोलन जारी

नयाँ दिल्ली- भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको