कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक जीर्ण, मर्मतमा गएन ध्यान   | Khabarhub Khabarhub

कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक जीर्ण, मर्मतमा गएन ध्यान  


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ ।

३–४ वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिक स्थल हलेसी मन्दिर आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी काठमाडौं लगायतका सहर जाने र आउने प्रमुख मार्ग हो ।

दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर भइरहने सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ। सडकका खाल्डा जोगाउँदा दुर्घटनाको जोखिम बढेको चालकहरूको भनाइ छ ।  खाल्डोमा वर्षा याममा पानी जमेर आहाल बन्ने गरेको उनीहरूको भनाइ छ ।

यो सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेको जिम्मामा छ । तर, मर्मतमा ध्यान दिएको छैन । ‘सडकको अवस्था नाजुक हुँदा हलेसी आउजाउ गर्ने पर्यटक र दर्शनार्थीलाई यात्रा गर्न कठिन भइरहेको छ,’ कार्यकारी निर्देशक भुजेलले भने, ‘तत्काल मर्मत नगरे दुर्घटना निम्तिने खतरा छ । खराब अवस्थाको सडकका कारण जिल्लाप्रति नकारात्मक सन्देश गइरहेको छ ।’

सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले ०६५ देखि ०६७ मा ओटासिल गरेको थियो । कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीन/चार वर्ष नबित्दै उक्किन थालेको थियो । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण आठ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडक सरह बनेको स्थानीय जीवन राईले बताए ।

ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले उसबेला सडक संघर्ष समिति समेत गठन गरेको थियो । जयरामदेखि हलेसीसम्मको सडक पिच गर्ने क्रममा ठेकेदारले बस्तीनजिक बाहेकका विभिन्न खण्डमा पिच नै नगरी छाडेको थियो । सडकका बाँकी खण्डमा पनि पिचको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको थियो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ५ : ०० बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना