सुविधानगरमा ७४ सीसी टिभी जडान | Khabarhub Khabarhub

सुविधानगरमा ७४ सीसी टिभी जडान


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको सुविधानगर-तिनकुने क्षेत्रमा ७४ वटा सीसी टिभी क्यामेरा जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता समाज एवम् सुरक्षित नागरिक समाजको संयुक्त पहलमा सुविधानगर क्षेत्रमा ३७ लाख ३५ हजार रुपैयाँको लागतमा ७२ वटा सीसी टिभी जडान गरिएको हो । जडान गरिएको उक्त सीसी टिभी क्यामेरा सञ्चालनका लागि सोमबार एक कार्यक्रमको आयोजना गरी महानगरीय प्रहरी कार्यालयलाई हस्तान्तरणका साथै उद्घाटन गरियो ।

कार्यक्रममा नेपाल सरकारका महान्यायधिवक्ता अग्निप्रसाद खरेल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शैलेश थापा क्षेत्री, प्रदेश – ३ का संसाद दीपेन्द्र श्रेष्ठलगायतको उपस्थिती थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) क्षेत्रीले ‘सीसी टिभी क्यामेरा जडानसँगै विभिन्न अपराधिक क्रियाकलापहरु न्यूनीकरण हुदैँ आएको बताए । ‘महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतमा उपत्यकाभित्र हाल ४ सय ४० वटा सीसी टिभी क्यामेरा सञ्चालनमा रहेका छन्’ उनले भने, ‘दुर्घटना तथा अपराध न्यूनिकरणमा प्रहरीको साथी बनेको छ’ ।

सीसी टिभी जडानको लागि एकिकृत उपभोक्ता संघ सुविधानगरका पदाधिकारीहरुले गत तिहारमा देउँसीभैलो खेलेर जम्मा गरेको ४ लाख ५० हजार र ट्रिटन इन्टरनेशनल कलेज तथा ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलले २ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । यस्तै सुविधानगर क्षेत्रमा रहेका विद्यालय, कलेज, व्यवसायीबाट बाँकी रकम संकलन गरिएको हो ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ६ : ३४ बजे

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा

दोधारा चाँदनी– कञ्चनपुरमा सार्वजनिक सवारिसाधन सञ्चालनमा आएका छन् । ‘जेनजी’

मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो)

काठमाडौं– पूर्वोत्तर राज्य मणिपुर पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको

अनेरास्ववियुले गर्‍यो रक्तदान  

काठमाडौं– एमाले निकट अनेरास्ववियुले रक्तदान गरेको गरेको छ । आज

राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै