पीएसजीका अध्यक्ष नासिर भन्छन्- एमबाप्पे जसरी पनि पीएसजीमै बस्छन् « Khabarhub

पीएसजीका अध्यक्ष नासिर भन्छन्- एमबाप्पे जसरी पनि पीएसजीमै बस्छन्


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्स तथा पेरिस सेन्ट जमृन (पीएसजी) का स्टार फवार्ड किलियन एमबाप्पे पीएसजीमै रहने क्लबका अध्यक्ष नासिर अल खिलिफिले बताएका छन् ।

एमबाप्पे सरुवाको तयारीमा रहेका समाचार बाहिरिरहँदा अध्यक्षले एमबाप्पे क्लबमै रहने बताएका हुन् । २० वर्षीय एमबाप्पे मोनाकोबाट आएको १ वर्षमै क्लबले बेच्न चाहेको चर्चा चलेपछि अध्यक्ष खेलैफिले एमबाप्पे २०० प्रतिशत क्लबबाटै खेल्ने बताएका हुन् ।

यस्तो राम्रो खेलाडीलाई क्लब छाड्न दिँदैन भन्दै उनले भने ब्राजिल स्टार फरवार्डलाई पनि क्लबले छाड्न लागेको भन्ने कुरा हल्ला मात्रै हो ।

फ्रान्स फुटबलसँगको अन्तरवार्तामा उनले भने,‘मलाई यि खेलाडीहरुले क्लबको जर्सीमात्रै लगाइ दिएपनि गर्व लाग्छ । खेल राम्रो नभएपनि उनीहरुले आफुलाई सुहाउने काम गरीदिए पुग्छ ।’

एम्बाप्पेले गएको सिजनमा पीएसजीबाट खेलेका ४३ खेलमा ३९ गोल गेका छन् । एमबाप्पे २०१७ मा लिग वानको बलियो टोली मोनाकोबाट लोनमा आएका थिए ।

एमबाप्पे आफैले पनि अहिले उनी अहिले आफ्नो करियरको टर्निङ पोइन्टमा रहेको बताएका थिए भने अझै क्लबमाथि अझै उत्तरदायीत्व बढ्दै गएको बताएका थिए । तर, पछिल्लो समय उनलाई लिभरपुल र रियल मड्रिडसँग जोडेर पीएसजी छाड्ने तयारीमा रहेको कुराहरु सार्वजनिक भइरहेको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : ०६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने