प्रदेश नं १ प्रदेशसभाको मन्त्रालयगत छलफल सकियो « Khabarhub

प्रदेश नं १ प्रदेशसभाको मन्त्रालयगत छलफल सकियो


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकको मन्त्रालयअन्तर्गतको छलफल समाप्त भएको छ । 

बैठकमा पर्यटन तथा संस्कृति मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय र उद्योग श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य आशारत्न जवेगुले पाँचथरका पर्यटन स्थलको विकासबारे रातो किताबमा उल्लेख नभएको भन्दै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले सुनसरीको मोरङ औद्योगिक करिडोरका उद्यमीको माग सम्बोधन गर्न सदनको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य ज्योति सुब्बाले दुहवी–इनरुवा सडक चार लेनको निर्माण गरी त्यस क्षेत्रमा उद्यमीलाई आकर्षित गर्नुपर्ने बताए ।

यस्तै प्रदेशसभा सदस्य नवोदिताकुमारी चौधरीले बजेट विनियोजनमा महिला सदस्यलाई अपहेलना गरेको गुनासो गरे। प्रदेशसभा सदस्य पूर्णप्रसाद राई याम्फुले सङ्खुवासभामा तामा र ढुङ्गाखानीको आवश्यक अन्वेषण र उत्खनन गर्न सुझाव दिए ।

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले प्रदेशका पर्यटन क्षेत्रका महत्वपूर्ण गन्तव्य सूची तयार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सुझाव दिए । प्रदेशसभा सदस्य वसन्तकुमार बानियाँले मुलुकको दिगो एवं ठोस विकासको आधार पर्यटन भएकाले  यसमा आवश्यक  योजना र बजेट नआएको चर्चा गरे । प्रदेशसभा सदस्यहरू रामबहादुर मगर, लछुमन तिवारी, लिला सुब्बा र सर्वध्वज साँवाले विभिन्न विषयमा सम्बन्धित मन्त्री तथा सदनको ध्यानाकर्षण गराए । 

उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको अर्को बैठक असार १५ गते बिहान ११ः३० बजे बस्ने सदनलाई जानकारी गराए । 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ३७ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि