अर्जेन्टिनालाई जुनसुकै टिमले पनि हराउन सक्छ-म्याराडोना « Khabarhub

अर्जेन्टिनालाई जुनसुकै टिमले पनि हराउन सक्छ-म्याराडोना


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कोपा अमेरीकाको पहिलो खेलमा अर्जेन्टिना पराजित भएपछि अर्जेन्टाइन लिजेन्ड्री डियगो म्याराडोनाले टोलीको आलोचना गरेका छन् । म्याराडोनाले टीवाईसी स्पोट्स च्यानलसँगको कुराकानीमा टोलीको आलोचना गरेका हुन् ।

उनले यतबेला मेस्सीलाई फिफा वरियतको जुनसुकै टोलीले पनि अर्जेन्टिनालाई हराउन सक्ने भन्दै ब्याङ्ग गरेका छन् । कोपा अमेरीकामा कोलम्बियाविरुद्धको पहिलो खेलमा अर्जेन्टिना २–० गोल अन्तरले पराजित भएको थियो । कोपा अमेरीकाको पहिलो खेलमा अर्जेन्टिना सन् १९७९ पछि पहिलो पटक पराजित भएको हो ।

म्याराडोनाले टोलीको मात्रै आलोचना गरेन् अर्जेन्टिनाको फुटबल महासंघको पनि आलोचना गरेका छन् । उनले अनुभव नभएका लियोनल स्कालोनिलाई राष्ट्रिय टोलीको प्रशिक्षक बनाउनु नै महासंघको गल्ती भएको उल्लेख गरेका छन् ।

उनले खेलाडीहरुलाई राष्ट्रिय टोलीको जर्सीको महत्व बुझ्नु पर्ने बताएका छन् । यो सिजनमा अर्जेन्टिना २५ वर्ष लामो उपाधि खडेरी तोड्ने योजनामा छ । कोपा अमेरीकामा अर्जेन्टिनाले दोस्रो खेल बुधबार पाराग्वेसँग खेल्दैछ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : १४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने