बङ्गलादेशमा ५ देखि १२ वर्षका बालबालिकालाई खोप लगाइने « Khabarhub

बङ्गलादेशमा ५ देखि १२ वर्षका बालबालिकालाई खोप लगाइने


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशमा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएपछि बालबालिकाको सुरक्षाका लागि खोप लगाउने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मालिकीले आगामी महिनादेखि बालबालिकालाई खोप लगाउन थालिने बुधबार जानकारी दिए।

“हामीले सम्भवतः जुलाईको अन्तिम हप्ताबाट उनीहरूलाई खोप लगाउन सुरु गर्नेछौँ,” पत्रकार सम्मेलनमा उनले भने ।

बालबालिकाका लागि खोपको व्यवस्था गर्ने प्रक्रिया चलिरहेको र बाँकी तयारीको काम पनि भइरहेको उनले बताए । बालबालिकाको जन्मदार्ता हेरेर त्यसैका आधारमा खोप लगाइने मन्त्री मालिकीले जानकारी दिए।

सरकारले मास्क लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राखिरहेको छ । सरकारले जारी गरेको निर्देशनमा रहेका नागरिकले मास्क लगाउनै पर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक स्थलहरूमा ‘नो मास्क, नो सर्भिस’ लेखेर टास्न लगाइएको छ । मास्क नलगाउनेलाई सेवा पनि नदिने नीतिलाई सरकारले निकै महत्त्व दिएको छ ।

बङ्लादेशमा अहिलेसम्म १९ लाख ६९ हजार ३६१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ८७ जना पछिल्लो एक दिनमा भएका हुन् ।

त्यसैगरी कोरोनाका कारण अहिलेसम्म बङ्लादेशमा २९ हजार १४५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : १४ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित