दुई तिहाई नेकपाको सरकार ‘माछो माछो भ्यागुतो’ भयो : नेता खनाल « Khabarhub

दुई तिहाई नेकपाको सरकार ‘माछो माछो भ्यागुतो’ भयो : नेता खनाल


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद् भङ्ग गर्ने कार्यले गैर दलीय प्रवृत्ति अगाडि आएको बताएका छन् ।

६४ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराशा छाएको बताए । ‘दुई तिहाइ बहुमतको सरकारले गर्ला भनेको माछो-माछो भ्यागुतो भयो । यस कारण जनतामा निराशा छ,’ उनले भने ।

सनकभरमा संसद् भङ्ग गर्दा गैर दलीय उम्मेदवार निर्वाचित हुन थालेको भन्दै उनले संसद्लाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने बताए ।

‘कहिलेकाहीँ हाम्रो नेताहरूलाई सनक चल्छ र संसद् विघटन गरिदिन्छन् । अनि गैर दलीय प्रवृत्ति विकसित हुन्छ । स्थानीय तहको निर्वाचनमा गैर दलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ? संसद् राम्रो चलेन भने यस्तो प्रवृत्ति विकास हुन्छ । सनकको भरमा संसद् भङ्ग गर्ने प्रवृत्तिले हो, गैर दलीय प्रवृत्ति अगाडि आएको । यस कारण हामीले संसद्लाई जनताको, राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक छ,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले भने ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १ : ३४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको