टी– २० विश्वकप छनोटको एसिया फाइनल्स खेल्ने नेपाली टोली घोषणा « Khabarhub

टी– २० विश्वकप छनोटको एसिया फाइनल्स खेल्ने नेपाली टोली घोषणा


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी– २० विश्वकप छनोटको एसिया फाइनल्सका लागि २५ सदस्यीय प्रारम्भीक नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । जुलाई २०देखि २८ सम्म सिंगापुरमा हुने छनोट खेलका लागि पारस खड्काको नेतृत्वमा मंगलबार नेपाली टोलीको घोषणा भएको हो ।

टोलीमा लगभग सबै खेलाडी पुरानै रहँदा नन्दन कुमार यादव पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन् । नेपाली टोलीको छनोट मुख्य प्रशिक्षक उमेश पटवाल, कप्तान पारस खड्का र आईसीसीका प्रतिनिधि इमानुअल स्लामले गरेका हुन् ।

टोलीमा कप्तान खड्कासँगै अविनास बोहरा, अमृत श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरि, ज्ञानेन्द्र मल्ल, जीतेन्द्रकुमार मुखिया, करण केसी छन् ।

त्यस्तै टोलीको अन्य सदस्यहरुमा कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शेहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सुदिप जोरा र सुशान भारी छन् । छनौटमा परेका खेलाडीलाई आगामी बिहीबार देखि बन्द प्रशिक्षणमा बोलाइने छ ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  २ : ०५ बजे

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस