टी– २० विश्वकप छनोटको एसिया फाइनल्स खेल्ने नेपाली टोली घोषणा « Khabarhub

टी– २० विश्वकप छनोटको एसिया फाइनल्स खेल्ने नेपाली टोली घोषणा


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी– २० विश्वकप छनोटको एसिया फाइनल्सका लागि २५ सदस्यीय प्रारम्भीक नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । जुलाई २०देखि २८ सम्म सिंगापुरमा हुने छनोट खेलका लागि पारस खड्काको नेतृत्वमा मंगलबार नेपाली टोलीको घोषणा भएको हो ।

टोलीमा लगभग सबै खेलाडी पुरानै रहँदा नन्दन कुमार यादव पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन् । नेपाली टोलीको छनोट मुख्य प्रशिक्षक उमेश पटवाल, कप्तान पारस खड्का र आईसीसीका प्रतिनिधि इमानुअल स्लामले गरेका हुन् ।

टोलीमा कप्तान खड्कासँगै अविनास बोहरा, अमृत श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरि, ज्ञानेन्द्र मल्ल, जीतेन्द्रकुमार मुखिया, करण केसी छन् ।

त्यस्तै टोलीको अन्य सदस्यहरुमा कुशल भुर्तेल, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शेहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सुदिप जोरा र सुशान भारी छन् । छनौटमा परेका खेलाडीलाई आगामी बिहीबार देखि बन्द प्रशिक्षणमा बोलाइने छ ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  २ : ०५ बजे

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय