पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग | Khabarhub Khabarhub

पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् । भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा ल्यान्डफिल्डः कति ठीक ? कति बेठिक ? ’ शीर्षकमा आयोजित छलफल कार्यक्रमका वक्ताले सरोकारवालाबीच छलफल नै नगरी गरिएको भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय तुरुन्त खारेजी गर्न माग गरेका छन् । कार्यक्रम संयोजक हेमबहादुर थापा पराजुलीले सरोकारवालाबीच कुनै छलफल नगरी महानगरपालिकाको बजेटमा वडा नं ३३ टिमुरपाटामा ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि रु १० करोड विनियोजन गरिएको विषयप्रति आफूहरूको गम्भीर रुपमा ध्यान आकृष्ट भएको बताएका छन् ।

भौगोलिक अवस्थितिअनुसार आवास क्षेत्रका लागि पोखराकै उत्कृष्टस्थलका रुपमा रहेको भरतपोखरी पर्यटकीय गन्तव्यसमेत भएको बताउँदै उनले यस स्थानमा कुनै पनि रुपमा ल्यान्डफिल्ड साइट राख्न स्थानीयवासी तयार नरहेको स्पष्ट पारे । पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने सम्बन्धमा आफूहरू नेतृत्वमा आउनुपूर्व अघिल्लो स्थानीय सरकारको पालामा महानगर कार्यपालिकाको ५५औँ बैठकले निर्णय गरेको जानकारी गराए । यो विषय आम वडावासीको चासो र सरोकारको विषय भएको बताउँदै उनले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे ।

साबिक भरतपोखरी गाउँ विकास समितिका पूर्वअध्यक्ष यज्ञप्रसाद अधिकारीले फोहोरसँग विकास साट्नेमा आफूहरू सहमत नरहेको बताउँदै यस निर्णयलाई खारेज गर्न माग गरे । साबिक भरतपोखरी गाविसका पूर्वअध्यक्ष गोपाल पुनले ल्यान्डफिल्ड साइट राख्ने निर्णयको सबै वडावासीले सामूहिक रुपमा विरोध गर्ने बताए । सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्यले ल्यान्डफिल्ड साइट राख्ने जस्तो निर्णयमा सरोकारवालाबीच छलफल नै नगरिनु दुःखद भएको बताउँदै यसका विरुद्धमा सबै एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

समाजसेवी पीताम्बर पौडेलले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गराउन यहाँका जनप्रतिनिधिको जागरुकता आवश्यक भएको बताए । समाजसेवी चन्द्रप्रसाद पौडेलले भरतपोखरीमा ल्यान्डफिल्ड राख्ने निर्णयका विरुद्धमा यो वा त्यो दल नभनी सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । युवा श्रीधर पौडेलले पर्यटनका धेरै सम्भावना रहेको भरतपोखरीमा ल्यान्डफिल्ड साइट बनाउने निर्णय अविवेकी भएको उल्लेख गरे । पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले ल्यान्डफिल्ड साइटको व्यवस्थापनतर्फ ध्यान दिनु जरुरी रहेको धारणा राखे ।

छलफलमा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बराल, यज्ञप्रसाद अधिकारी, रमेशराज आचार्य, नीलराज आचार्य, शान्ति पाध्या लगायतले भरतपोखरीमा कुनै पनि दृष्टिकोणबाट ल्यान्डफिल्ड साइट राख्नु उपयुक्त नदेखिएको बताए । भेलाले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै यस सम्बन्धमा विस्तृत छलफलका लागि वडाका जनप्रतिनिधिमार्फत सबै पक्षीय बृहद् भेला गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  २ : १६ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज