ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु « Khabarhub

ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा मिसाइल प्रहार गरेसँगै १८ जना मानिसको मृत्यु भएको छ । ओडेसाको सेरहियिभका गाँउमा बिहीबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डीएसएनएसका अनुसार सेरहियिभमा बिहीबार राति १० बजे मिसाइल आक्रमण भएको हो । 

गाँउको रिक्रिएसन सेन्टरमा भएको अर्को मिसाइल आक्रमणका कारण २ जनाको मृत्यु भएको छ । विगत केही दिनमा रुसले यूक्रेनका सहरहरुमा दर्जनौँ मिसाइल प्रहार गरिसकेको छ । डीएसएनएसले सार्वजनिक गरेको भिडियो फुटेजमा क्षतिग्रस्त ९ तले भवनमा आगो नियन्त्रकहरू उद्धारमा खटिरहेको देखिन्छ । रुसी युद्धविमानबाट कृष्ण सागरमा मिसाइल प्रक्षेपण गरिएको ओडेसा क्षेत्रीय प्रशासन प्रवक्ता सेरी ब्राचुकले जानकारी गराए ।

 राति गरिएको आक्रमणमा सोभियत–एरा एक्स–२२ प्रहार गरिएको प्रवक्ता ब्राचुकले आशंका गरेका छन् । मोस्कोले भने सो विषयमा कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : ०० बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको