मुलुक दुई तहको संघीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा « Khabarhub

मुलुक दुई तहको संघीय संरचनामा जानुपर्दछ : अध्यक्ष थापा


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको संघीय संरचनामा जानुपर्नेमा जोड दिएका छन् ।

राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशबाहेक सङ्घ र स्थानीय तहको संरचना मुलुकका लागि हितकर हुने बताए ।  अध्यक्ष थापाले भने , ‘विसं २०६३ देखि १६ वर्षसम्म राजतन्त्रकै मुद्दा लिएर कठिन सङ्घर्ष गरियो, तर राजतन्त्रको पुनःस्थापना हुने देखिएन र हामीले त्यो मुद्दा त्याग्यौँ, अब सुशासनको माध्यमबाट हिन्दु राज्यको स्थापना गर्न लोकतन्त्र र हिन्दूराज्यको एजेण्डा अगाडि सारेका छौँ ।’

उनले दुई तहको संघीयता स्वीकार गरिएको बताए । सोही क्रममा अध्यक्ष थापाले धर्म परिवर्तनको महामारीले मुलुक खतराको अवस्थामा पुगेको भन्दै त्यसलाई रोक्न सरकारलाई उचित कदम चाल्न आग्रह गरे । सनातन धर्मका नाममा समाजमा रहेका रुढीवादी, परम्परागत गलत संस्कृतिलाई समाप्त पार्न राप्रपा नेपालले देशव्यापी अभियान थाल्ने उनको भनाइ थियो । 

आर्थिक विप्रेषणबाट पालिएको देशको अवस्था कुनै पनि बेला सङ्कटमा पर्न सक्ने औँल्याए उनले मुलुकको नीतिगत र संरचनागत सुधार हुनुपर्ने, स्थिर राजनीतिका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : ०३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर