विपिन भन्छन्, ‘पारिश्रमिक होइन समय नमिल्दा फिल्म छाडेको हुँ’  « Khabarhub

विपिन भन्छन्, ‘पारिश्रमिक होइन समय नमिल्दा फिल्म छाडेको हुँ’ 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनयमा पोख्त अभिनेता विपिन कार्कीलाई पछिल्लो समय रकमी बनिरहेको आरोप लागिरहेको छ । क्यारेक्टरको लागि पारिश्रमिकको वेवास्ता गर्ने विपिन आजभोली महँगो पारिश्रमिकका लागि जुनै फिल्म गर्न तयार छन् भन्ने आरोप छ । किनकी उनले पछिल्लो समय छड्के र पशुपति प्रसादको सिक्वेल पारिश्रमिक नमिल्दा छोडेका छन् । यद्यपि विपिनले फिल्म छाड्नुको कारण समय नमिलेको र स्क्रिप्ट चित्त नबुझेको बताए । 

‘मैले फिल्म नगर्नुको कारण पैसा नभएर समय र स्क्रिप्ट हो । म एउटा समयमा एउटा फिल्म मात्र गर्न सक्छु । यो समय मैले प्रसादको सिक्वेललाई दिए । अरु फिल्मकर्मी रिसाउनु भएको छ । मेरो फिल्म नगर्ने पख्लास् भन्नु हुन्छ होला’ विपिनले भने । उनले कथावस्तु मन परेकै कारण ‘रातो सुटकेस’ नामक फिल्म विना पारिश्रमिक गरेको पनि प्रस्ट्याए । उनले छड्के र पशुपति प्रसादको सिक्वेल कथावस्तु चित्त नबुझेको कारण छाडेको बताए ता पनि पारिश्रमिक कारक रहेको फिल्मसँग जोडिएका सदस्यको दाबी छ । 

उनले आफू स्क्रिप्ट, क्यारेक्टर, निर्देशक र टिमको आधारमा कुन फिल्ममा काम गर्ने भनेर छनोट गर्ने बताए।  उनले आफूलाई वैशाखसम्म कुनै फिल्मको अफर नगर्न बताए। ‘मलाई अहिले फिल्मको अफर धेरै आउँछ । आउँदो वर्षको बैशाखसम्म मेरो सेड्यूल प्याक छ’ उनले भने ‘अहिलेलाई फिल्मको अफर नगरिदिनुहोला ।’

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ३२ बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार