‘यो प्रोपर सिक्वेल हो’  « Khabarhub

‘यो प्रोपर सिक्वेल हो’ 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेललाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्म घोषणामा निर्देशक थापाले आफूलाई पहिले देखि मन परेको फिल्म मध्ये ‘प्रसाद’ एक रहेको बताए । ‘म आफैँ पनि लभ स्टोरी फिल्महरू गरिरहेको हुन्छु । त्यसैले मलाई मन पर्ने फिल्म मध्येको एक हो प्रसाद । त्यसैले पनि यसको सिक्वेल निर्देशन गर्दा केही प्रेसर पनि फिल भएको छ । यद्यपि यो मेरो लागि नयाँ फिल्म हो, त्यही रुपमा लिएको छु’ निर्देशक थापाले भने । 

उनले आफूले पनि सिरिजको रुपमा ‘म यस्तो गीत गाउँछु २ु निर्देशन गरेको भएता पनि सिक्वेल भने पहिलोपटक निर्देशन गर्न लागेको बताए । ‘मैले २ नाम राखेर बनाएको फिल्म सिक्वेल थिएन । यद्यपि यो पूर्ण रुपमा सिक्वेल फिल्म हो । प्रसाद जहाँ सकिएको थियो, सिक्वेल त्यहीँबाट अगाडि बढ्छु निर्देशक थापाले भने । उनले यसपटक छुवाछुतमा मात्र सीमित नराख्दै बाबुराम र नारायणीको आपसी द्वन्द्व, पारिवारिक द्वन्द्व र सामाजिक द्वन्द्वलाई देखाउने बताए ।

‘केही बाहेक यसको सम्पूर्ण टिमसँग मैले पहिले पनि काम गरिसकेकाले फिल्म राम्रो बन्नेमा विश्वस्त छु । किनकी यो टिम मेरो लागि नयाँ होइन , फिल्म मात्र नयाँ हो’ निर्देशक थापाले भने । फिल्ममा विपिन कार्की , नम्रता श्रेष्ठ , अर्पण थापा मुख्य भूमिकामा छन् । सुशील पौडेलको लेख्न रहेको फिल्मका प्रस्तुतकर्ता सुभाष थापा हुन् । फिल्मलाई केशव पाण्डेले निर्माण गर्दैछन् । 

‘प्रसाद’ निर्देशन गरेका राउतले आफूले सिक्वेल फिल्म निर्देशन नगर्ने घोषणा गरेका थिए । राउतले सिक्वेल नगर्ने घोषणा गरेपछि ‘प्रसाद २’ लाई निर्देशन गर्ने निर्देशकको खोजी भयो । निर्माता सुभाष थापाले निर्देशकमा सौरभ चौधरीलाई तय गरेका थिए । उनले स्क्रिप्टसँगै कास्टिङको काम समेत हेरे । यद्यपि निर्माण टिमसँग क्रिएटिभ डिफरेन्सेस भएपछि सौरभ हटेपछि  ‘प्रसाद २’ लाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ५४ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी