'यो प्रोपर सिक्वेल हो'  | Khabarhub Khabarhub

‘यो प्रोपर सिक्वेल हो’ 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेललाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्म घोषणामा निर्देशक थापाले आफूलाई पहिले देखि मन परेको फिल्म मध्ये ‘प्रसाद’ एक रहेको बताए । ‘म आफैँ पनि लभ स्टोरी फिल्महरू गरिरहेको हुन्छु । त्यसैले मलाई मन पर्ने फिल्म मध्येको एक हो प्रसाद । त्यसैले पनि यसको सिक्वेल निर्देशन गर्दा केही प्रेसर पनि फिल भएको छ । यद्यपि यो मेरो लागि नयाँ फिल्म हो, त्यही रुपमा लिएको छु’ निर्देशक थापाले भने । 

उनले आफूले पनि सिरिजको रुपमा ‘म यस्तो गीत गाउँछु २ु निर्देशन गरेको भएता पनि सिक्वेल भने पहिलोपटक निर्देशन गर्न लागेको बताए । ‘मैले २ नाम राखेर बनाएको फिल्म सिक्वेल थिएन । यद्यपि यो पूर्ण रुपमा सिक्वेल फिल्म हो । प्रसाद जहाँ सकिएको थियो, सिक्वेल त्यहीँबाट अगाडि बढ्छु निर्देशक थापाले भने । उनले यसपटक छुवाछुतमा मात्र सीमित नराख्दै बाबुराम र नारायणीको आपसी द्वन्द्व, पारिवारिक द्वन्द्व र सामाजिक द्वन्द्वलाई देखाउने बताए ।

‘केही बाहेक यसको सम्पूर्ण टिमसँग मैले पहिले पनि काम गरिसकेकाले फिल्म राम्रो बन्नेमा विश्वस्त छु । किनकी यो टिम मेरो लागि नयाँ होइन , फिल्म मात्र नयाँ हो’ निर्देशक थापाले भने । फिल्ममा विपिन कार्की , नम्रता श्रेष्ठ , अर्पण थापा मुख्य भूमिकामा छन् । सुशील पौडेलको लेख्न रहेको फिल्मका प्रस्तुतकर्ता सुभाष थापा हुन् । फिल्मलाई केशव पाण्डेले निर्माण गर्दैछन् । 

‘प्रसाद’ निर्देशन गरेका राउतले आफूले सिक्वेल फिल्म निर्देशन नगर्ने घोषणा गरेका थिए । राउतले सिक्वेल नगर्ने घोषणा गरेपछि ‘प्रसाद २’ लाई निर्देशन गर्ने निर्देशकको खोजी भयो । निर्माता सुभाष थापाले निर्देशकमा सौरभ चौधरीलाई तय गरेका थिए । उनले स्क्रिप्टसँगै कास्टिङको काम समेत हेरे । यद्यपि निर्माण टिमसँग क्रिएटिभ डिफरेन्सेस भएपछि सौरभ हटेपछि  ‘प्रसाद २’ लाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ५४ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले