प्रवासी नेपालीको पीडा झल्काउने सुमनको गीत   « Khabarhub

प्रवासी नेपालीको पीडा झल्काउने सुमनको गीत  


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी विदेशी भूमिकाको भिडियो दर्शक समक्ष ल्याएका छन् । ७ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेखेका छन् । गीतलाई बाल कलाकार जेनिश उप्रेतीले गाएका हुन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ ।

यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको छ । गीतबारे निर्देशक तथा गीतकार सुमनले भने, ‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरूले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’मूलत यो गीतमा छोराछोरी विदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै विदेशमै रहेकाहरूको नानीबाबु र उनीहरूको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा पवन गौतमको छायांकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकास सुवेदीको प्राविधिक सहयोग, उत्सव उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो ।भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उनीहरूलाई स्थानीय बालबालिकाहरू सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोइराला, दर्शना कोइराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन् ।

सुमन विदेशमा रहेर पनि नेपाली कला , संस्कृतिको प्रवर्द्धनमा सक्रिय छन् । नेपाली फिल्मका निर्देशक रहेका सुमनले पत्रकारिता , निर्माण लगायतका विविध विधामा समेत नेपाल रहँदा सक्रियता देखाएका थिए । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ३८ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण