मलेसियामा एनआरटीको दोस्रो हार « Khabarhub

मलेसियामा एनआरटीको दोस्रो हार


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिमले (एनआरटी) टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भयो । एनआरटीलाई पराजित गरेसँगै पेनाङ ले प्रतियोगिताको उपाधि जितेको छ ।

पेनाङ सिटी रंगशालामा पेनाङलाई जित दिलाउन लुकास सिल्भाले चार गोल गरे । यस्तै, अर्को एक गोल सारावानको नाममा रह्यो । लुकासले ४३औं मिनेटमा गरेको गोलबाट पेनाङले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सारावानले पेनाङको अग्रता दोब्बर पारे ।

यस्तै, दोस्रो हाफमा लुकासले ह्याट्रिक थपेपछि पेनाङले ५–० को सहज जित निश्चित गरेको थियो । लुकासले ६८औं मिनेटमा दोस्रो, ८०औं मिनेटमा ह्याट्रिक र खेलको इन्जुरी समयमा चौथो गोल गरे ।

यसअघि बिहीबार भएको पहिलो खेलमा एनआरटी इन्डोनेसियाको लिग लु क्लबसँग पनि ५–१ ले पराजित भएको थियो ।

एनआरटी अब उतैबाट थाइल्यान्ड जाने तालिका छ । एनआरटीले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । एनआरटी ‘ए’ डिभिजन लिगको तयारी का लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : १७ बजे

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको

रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले

सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा

बन्दसत्रमा नेताहरूलाई रविको आग्रह- गुट उपगुटका नाममा राजनीति नगर्नुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले दुःख गरेर

स्वास्थ्यका विभिन्न ८ निकाय र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ८