कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी « Khabarhub

कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो ।

कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ । यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो । साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो । सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए । जुन सम्झौताअनुसार उनले कार्यान्वयन गरेनन् ।

अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेका थिए । जसका लागि कपिलले भुक्तानी पनि लिएका थिए । ‘तर न उनले कुनै प्रस्तुति दिए, न त कुनै कुराको उत्तर नै दिए । अदालत जानुअघि मैले उनलाई कैयौंपटक कुरा गर्ने प्रयास गरे, तर त्यो सम्भव देखिएन’, उनले भनेका छन् ।

जेटलीका अनुसार अहिले पनि यो मामला न्यूयोर्क अदालतमा छ । उनले कपिलविरुद्ध कानुनी कारबाही गराएर छाड्ने अडान लिएका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : ५७ बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’