यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए « Khabarhub

यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् ।

मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटको लागि टोली बन्द प्रशिक्षणमा रहेको छ ।

साफ यु–२० प्रतियोगितामा समुह चरणअन्तर्गत नेपालले पहिलो खेल माल्दिभ्ससँग श्रावण ९ गते खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग श्रावण ११ गते प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा भारतसँग श्रावण १५ गते भिड्नेछ । चौथो खेलमा भने नेपाल र बंगलादेश श्रावण १७ गते आमने सामने हुनेछ ।

यस्तै, एएफसी छनोटअन्तर्गत नेपालले पहिलो खेल भुटानसँग भदौ २५ गते खेल्नेछ । दोस्रो खेल कतारसँग भदौ २७ गते र तेस्रो खेल बहराइनसँग भदौ २९ गते खेल्नेछ । चौथो खेलमा भने नेपाल बङ्गलादेशसँग असोज २ गते भिड्नेछ ।

बन्द प्रशिक्षणमा रहेका ३० खेलाडी 

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डरः सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर

मिडफिल्डरः अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की,  जन्मेजय धामी, माहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान

फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : २६ बजे

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव