यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए | Khabarhub Khabarhub

यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् ।

मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटको लागि टोली बन्द प्रशिक्षणमा रहेको छ ।

साफ यु–२० प्रतियोगितामा समुह चरणअन्तर्गत नेपालले पहिलो खेल माल्दिभ्ससँग श्रावण ९ गते खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग श्रावण ११ गते प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा भारतसँग श्रावण १५ गते भिड्नेछ । चौथो खेलमा भने नेपाल र बंगलादेश श्रावण १७ गते आमने सामने हुनेछ ।

यस्तै, एएफसी छनोटअन्तर्गत नेपालले पहिलो खेल भुटानसँग भदौ २५ गते खेल्नेछ । दोस्रो खेल कतारसँग भदौ २७ गते र तेस्रो खेल बहराइनसँग भदौ २९ गते खेल्नेछ । चौथो खेलमा भने नेपाल बङ्गलादेशसँग असोज २ गते भिड्नेछ ।

बन्द प्रशिक्षणमा रहेका ३० खेलाडी 

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डरः सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर

मिडफिल्डरः अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की,  जन्मेजय धामी, माहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान

फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : २६ बजे

ला लिगाः एट्लेटिको म्याड्रिडको जितमा अल्भारेजको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा एट्लेटिको

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय