नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह « Khabarhub

नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी-  मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसानहरू उपेक्षामा परेको बताएकी छिन् । सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानले फाइदा लिइरहेको सचिव सिंहको जिकिर छ ।

मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखीकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नुपर्छ ।’ सरकारले घोषणा गरेको किसान परिचयपत्र समेत अलपत्र परेको बताउँदै मधेस प्रदेशमा यसलाई तत्काल कार्यान्वयन गर्नुपर्ने सिंहको जोड छ ।

प्रशोधक मिडियाको सहकार्यमा मधेस प्रदेशका आठै जिल्लाबाट सहभागी पत्रकारलाई कृषि पत्रकारिताका प्राविधिक पक्षमा स्पष्ट हुन पनि मन्त्रालयका कृषि विज्ञहरूले सुझाव दिए ।

वरिष्ठ कृषि, अर्थ विज्ञ तथा मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहले कृषिसम्बन्धी सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने प्राविधिक पक्षको विषयमा जानकारी गराए । देशलाई समृद्ध बनाउनदेखि अर्थ उपार्जनमा समेत कृषि क्षेत्र महत्त्वपूर्ण भएको हुनाले प्रवक्ता सिंहले कृषि पत्रकारितालाई फराकिलो बनाउन आग्रह गरेका छन् ।

बर्दिबासको एक होटेलमा आयोजना भएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकको भूमिकामा भने वरिष्ठ पत्रकार अनिलकुमार कर्णले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : १२ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा