काठमाडौँ- ताइवानमाथि चिनियाँ आक्रमण निकट नभएको तर अमेरिका यस विषयमा सतर्क भएको अमेरिकाका जेनेरल मार्क मिलिले जानकारी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गर्ने क्षमता वृद्धि गरिरहेको तर आक्रमणको लागि भने राजनीतिक छनौटले असर गर्ने जेनेरल मिलिले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई बताए ।
ताइवान एक छुटिएको प्रान्त भएको जुन आवश्यक परे शक्ति प्रयोग गरी पुन एकीकृत हुनु पर्ने चीनको भनाइ छ ।
अमेरिकाले ताइवानको स्वतन्त्रताको समर्थन गरेको चीनले आरोप लगाउँदै यस्तो प्रयासलाई निश्चित रूपमा अस्वीकार गर्ने प्रतिबद्धता जनाएको छ ।
चीनले युद्धविमान ताइवानको वायु रक्षा क्षेत्रमा पठाइरहेको छ भने अमेरिकाले नौसेना जहाजहरू ताइवानको समुन्द्री माध्यमबाट पठाइरहेको छ ।
गत मेमा अमेरिकाका राष्ट्रपतिले चीनले ताइवान नजिक आफ्नो युद्ध विमान उडाएर खतरासँग खेलिरहेको टिप्पणी गरेका थिए । बाइडेनले आक्रमण भएमा सो टापुलाई सैन्य रूपमा संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।
ताइवान सम्बन्धीको प्रतिबद्धता र चीनको मामिलामा दखल दिएको भन्दै चीनले बाइडेनको टिप्पणीलाई खण्डन गर्दै लड्नको लागि नहिचकिचाउने र ताइवानलाई औपचारिक रूपमा स्वतन्त्र बन्न नदिने जवाफ दिएको थियो ।
प्रतिक्रिया