चीनद्वारा ताइवानमाथि सम्भावित आक्रमणप्रति अमेरिकाको सतर्कता « Khabarhub

चीनद्वारा ताइवानमाथि सम्भावित आक्रमणप्रति अमेरिकाको सतर्कता


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानमाथि चिनियाँ आक्रमण निकट नभएको तर अमेरिका यस विषयमा सतर्क भएको अमेरिकाका जेनेरल मार्क मिलिले जानकारी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गर्ने क्षमता वृद्धि गरिरहेको तर आक्रमणको लागि भने राजनीतिक छनौटले असर गर्ने जेनेरल मिलिले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई बताए ।

ताइवान एक छुटिएको प्रान्त भएको जुन आवश्यक परे शक्ति प्रयोग गरी पुन एकीकृत हुनु पर्ने चीनको भनाइ छ ।

अमेरिकाले ताइवानको स्वतन्त्रताको समर्थन गरेको चीनले आरोप लगाउँदै यस्तो प्रयासलाई निश्चित रूपमा अस्वीकार गर्ने प्रतिबद्धता जनाएको छ ।

चीनले युद्धविमान ताइवानको वायु रक्षा क्षेत्रमा पठाइरहेको छ भने अमेरिकाले नौसेना जहाजहरू ताइवानको समुन्द्री माध्यमबाट पठाइरहेको छ ।

गत मेमा अमेरिकाका राष्ट्रपतिले चीनले ताइवान नजिक आफ्नो युद्ध विमान उडाएर खतरासँग खेलिरहेको टिप्पणी गरेका थिए । बाइडेनले आक्रमण भएमा सो टापुलाई सैन्य रूपमा संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताइवान सम्बन्धीको प्रतिबद्धता र चीनको मामिलामा दखल दिएको भन्दै चीनले बाइडेनको टिप्पणीलाई खण्डन गर्दै लड्नको लागि नहिचकिचाउने र ताइवानलाई औपचारिक रूपमा स्वतन्त्र बन्न नदिने जवाफ दिएको थियो ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : २० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको