विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला « Khabarhub

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर, सोलुखुम्बु, पाल्पा र सिन्धुलीमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षीय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–५ थाम्बुचेस्थित थामे गुम्बामा बस्दै आएका ५५ वर्षीय निमा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उनको स्थायी ठेगाना खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ राखाबाङदेल भएको प्रहरीले जनाएको छ ।

यस्तै पाल्पाको रम्भा गाउँपालिका–३ असर्दिस्थित कालीगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेकी महिलाको शव आइतबार फेला परेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लो बजारस्थित सुनकोसी नदीको किनारमा हाल पहिचान नखुलेकी करिब ३० बर्सिया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : २२ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी