सात घण्टापछि एकतर्फी सञ्चालनमा आयो दशरथचन्द राजमार्ग « Khabarhub

सात घण्टापछि एकतर्फी सञ्चालनमा आयो दशरथचन्द राजमार्ग


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिरोले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

अवरुद्ध बनेको राजमार्ग सात घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध बनेपछि बझाङ, बैतडी र दार्चुलाका गाडीहरु बीच बाटोमा अलपत्र परेका थिए ।

अलपत्र परेका यात्रुहरू एकतर्फी सडक खुलेसँगै आ–आफ्नो गन्तव्यमा जान थालेका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १० : ५४ बजे

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६