‘रनिङशिल्ड’ प्रतियोगिताको उपाधि व्यासलाई « Khabarhub

‘रनिङशिल्ड’ प्रतियोगिताको उपाधि व्यासलाई


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिकाले जितेको छ । प्रतियोगिता शनिबार सुरु भई आइतबार सम्पन्न भएको थियो ।

व्यासले २२ स्वर्ण, १७ रजत र १० कास्य पदक जितेको छ । प्रतियोगिताअन्तर्गत व्यासस्थित सत्यवती माध्यमिक विद्यालयका खेलाडीले छात्रातर्फ सटपुट, ज्यावलिङ थ्रो, छात्रतर्फ लङ जम्प, छात्रातर्फ ट्रिपल जम्प, छात्रतर्फ २०० मिटर, छात्रातर्फ ४०० मिटरमा विजय हासिल गरेका थिए ।

प्रतियोगितामा म्याग्दे गाउँपालिका पाँच स्वर्ण, छ रजत र ११ कास्य पदक जितेर द्वितीय भएको छ । तेस्रो भएको घिरिङ गाउँपालिकाले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा व्यास, शुक्लागण्डकी, भिमाद, भानु नगरपालिका तथा आँबुखैरेनी, देवघाट, म्याग्दे र घिरिङ गाउँपालिकाबाट खेलाडीको सहभागिता थियो ।

प्रतियोगितामा कराँते, एथलेटिक्स, भलिबल, कबड्डीलगायतका खेल सञ्चालन गरिएको थियो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद्ले यही असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ०० बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा