आफ्नो ठाउँमा ल्याण्डफिल नसार्न भरतपोखरीवासीको दबाब « Khabarhub

आफ्नो ठाउँमा ल्याण्डफिल नसार्न भरतपोखरीवासीको दबाब


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा ल्याण्डफिलको तनाव अझै सुल्झिएको छैन । यअसघि पोखरा-१६ र २० को सिमानामा सार्न लागिएकोमा स्थानीयको विरोधपछि महानगरले उक्त निर्णय फिर्ता लियो । १६ चैतको कार्यपालिका बैठकले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍यो । त्यसकै आधारमा महानगरले आगामी वर्षमा संरचना निर्माण गर्न १० करोड छुट्याएको छ ।

तर, स्थानीयले त्यहाँ ल्याण्डफिल सार्न नदिने भन्दै संघर्ष सुरु गरेका छन् । गत शुक्रबार बसेको वडा भेलाले स्थानीयको सहमतिबिना महानगरले ल्याण्डफिल सार्ने निर्णय गरेको भन्दै सच्याउन दबाब दिए । भोलिपल्ट शनिबार सरोकारवालालाई भेला गराएर ल्याण्डफिल सार्दा हुने नोक्सानीबारे जानकारी गराए । त्यसपछि मेयर धनराज आचार्यलाई भेटेर उक्त निर्णय फिर्ता लिन ज्ञापनपत्र दिए ।

वडामा क्रियाशील राजनीतिक दलहरूले मेयर आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । ‘उक्त क्षेत्रमा फोहोर व्यवस्थापनको निम्ति वातावरणीय अध्ययन, पर्यटन व्यवसायमा पर्ने प्रभाव र स्थानीय जनसमुदायसँग छलफल या परामर्श नगरी हचुवाको भरमा जबर्जस्तरूपमा महानगरपालिकाबाट प्रस्ताव र निर्णय भएको देखिएकोले वडा ३३ वासी र क्रियाशील दलको गम्भीर आपत्ति रहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

महानगरको निर्णय तत्काल सच्याउनका लागि उनीहरूको माग छ । पोखराको ल्याण्डफिल हाल पोखरा १४, बाच्छेबुडुवामा छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन पूर्व ल्याण्डफिल साइट हटाउनैपर्ने दबाब छ । तर, जग्गा स्थानीयको अवरोधका कारण जहाज उड्ने बेलासम्म महानगरले ल्याण्डफिल सार्न नसक्ने देखिएको छ । आचार्यले भने ल्याण्डफिलका कारण जहाज नउड्ने अवस्था ल्याउन नदिने दाबी गरे ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ४० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको