छिमेकीको कुकुरले टोकेपछि मालिकमाथि नै फलामको रड आक्रमण | Khabarhub Khabarhub

छिमेकीको कुकुरले टोकेपछि मालिकमाथि नै फलामको रड आक्रमण


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– छिमेकीको कुकुरले भुकेर टोक्न थालेपछि पश्चिम दिल्लीका एक व्यक्तिले ककुरसहित तीन जनालाई फलामको रडले आक्रमण गरेका छन् । ती व्यक्तिले कुकुरलाई पनि हिर्काएर गम्भीर घाइते बनाएका छन् । सो घटनाको सम्पूर्ण विवरण नजिकै राखिएको सीसीटीभी फुटेजमा देखिएको हो ।

धरमवीर दहिया सोमबार बिहान टहल्दै गर्दा छिमेकी रक्षितको कुकुरले भुक्न थाल्यो । कुकुरको भुकाइबाट दिक्क बनेका दहियाले कुकुरलाई पुच्छर समाते र धकेलिदिए ।

आफूले पालेको जनावरलाई उद्धार गर्न मालिक आउँदा दहियाले मालिकलाई पनि हिर्काएका थिए । ककुरलाई रडले हानेर भुईमा पछारेपछि उनले मालिकलाई पनि हिर्काएका थिए । एकपछि अर्कालाई हिर्कापछि अर्का पुरुषले हस्तक्षेप गरेका थिए । कुकुरको विषयलाई लिएर दहियाल र तेस्रो व्यक्तिबीच झगडा भएको थियो ।

दहियाले परिवारकी एक महिलालाई पनि रडले हानेका थिए । घटनाको भिडियोमा क्रुद्ध ती व्यक्तिले महिलालाई आफ्नो घरमा प्रवेश गर्नबाट रोक्न खोज्दा रडले हिर्काएको देखाइएको छ । यसैबीच, कुकुरले टोकेका दहियाको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  २ : ३८ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको