विलासी वस्तु आयातमा कडाई गर्दै सरकार, यी हुन् विलासिताका वस्तु « Khabarhub

विलासी वस्तु आयातमा कडाई गर्दै सरकार, यी हुन् विलासिताका वस्तु


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले संसदको हंगामालाई मुख्य पृष्ठमा फोटो क्याप्सनका रुपमा छापेको छ । क्याप्सनमा लेखिएको छ– प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्न रोस्टमममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र नाराबाजीका साथ अवरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद । कांग्रेसको अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

त्यसैगरी पत्रिकाले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अलपत्र शीर्षकमा मुख्य समाचार छापेको छ । उपभोक्तासँग उठाइएको ३२ अर्ब २२ करोड उपयोगविहीन भएको समाचारमा जनाइएको छ । बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भनेर सरकारले हरेक उपभोक्तासँग पेट्रोल, डिजेल र हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपैयाँका दरले उठाएको अतिरिक्त करवापतको करिब साढे ३२ अर्ब रुपैयाँ उपयोगविही भएको जनाएको छ ।

त्यस्तै पत्रिकाले विलासी वस्तु आयातमा कडाई गर्दै सरकार शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । अब सवारीसाधन खरिद गर्न बैंकबाट सजलै ऋण नपाईने जनाएको छ ।

महँगा मोबाइल, स्मार्ट टिभी, इन्धनबाट चल्ने सावरी साधन र पाटपुर्जा, स्मार्ट फोन, कृषिजन्य वस्तुहरु, माछामासु, दूध, चिया, ताजा तरकारी, काठबाट बनेका तयारी सामान, महँगा पलङ, दराज, सोफासेट, महँगा सुनचाँदीका गहना, पत्थर र हीरा, बच्चका खेलौना, पानी, जुस र विभिन्न पेयपदार्थ लगायत विलासी वस्तु आयातमा सरकारले कडाई गर्ने समाचारमा जनाइएको छ । व्यापार घाटा न्यूनीकरणका लागि सरकारले व्यापार घाटासम्बन्धी कार्यायोजना पनि कार्यान्वयनम ल्याएको छ ।

त्यस्तै पत्रिकाले १ हजार ५ सय मेगावाटका विद्युत आयोजना अलपत्र शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । विद्युत उत्पादन गर्ने भन्दै अनुमति लिएर काम नगर्ने प्रवृत्ति बढेको समाचारमा जनाइएको छ । अन्ततः गुठी विधेयक फिर्ता शीर्षकमा व्यापक जनदबाबपछि सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ५३ बजे

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न