किसानको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले तिर्ने | Khabarhub Khabarhub

किसानको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले तिर्ने


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिँचाइको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले व्यहोर्ने  भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेटमा  मासिक रुपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महसुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । यसैगरी वीरगन्ज महानगरलाई शैक्षिक ‘हब’ को रुपमा विकास गरिने पनि योजना अघि बढाइएको छ ।

 छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडामा कन्या विद्यालय र क्याम्पस स्थापनाको पहल अघि बढाइने  नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए । महानगरका ३२ वटै वडालाई सडक सञ्जालमार्फत जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।   

वीरगन्ज महानगरको एकीकृत सहरी विकास योजना बनाइ त्यही अनुसार सहरी विकास कार्यलाई अगाडि बढाइने योजनासमेत समावेश गरिएको छ । वडा नं ३० र ३१ मा रहेको गुठी संस्थानको ६५० बिघा जग्गा भाडामा लिएर पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १ : ५५ बजे

चार वर्षमा चट्याङबाट २३७ जनाको मृत्यु, ९०८ जना घाइते

झापा– नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको

कर्तव्य ज्यान मुद्दामा संलग्न पाँचजना पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले पाँच

इजरायलमाथि प्रतिबन्ध आवश्यक रहेको बेलायत, फ्रान्स र क्यानडाको ठहर

दोहा – बेलायत, फ्रान्स र क्यानडाका नेताले गाजमा जारी आक्रमणलाई

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

लिभरपुल ब्रिङटनसँग पराजित

काठमाडौं – उपाधि जितिसकेको लिभरपुलले सोमबार राति इङ्लिस प्रिमियर सिपको