भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार काठमाडौँमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औँ प्रज्ञा सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुने विषयलाई संविधानले सुनिश्चित गरेको भन्दै त्यसको पूर्ण कार्यान्वयन हुने बताएका हुन्।

उनले सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै आमजिवनमा सृजनशीलताको सञ्चार गर्ने गरेको जिकिर गरे। नाट्य प्रज्ञा–प्रतिष्ठानले नाट्य, नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र संवर्द्धनमा समेत कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको धारणा राखे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवर्द्धनको निम्ति आफूले सक्दो पहल गर्ने बताए।

त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली साहित्य क्षेत्रको विकासमा सबै लाग्नुपर्ने जिकिर गरे।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : ४८ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन