'रुस-युक्रेन युद्ध अन्त्य नभएसम्म तेलको मूल्य बढ्छ' | Khabarhub Khabarhub

‘रुस-युक्रेन युद्ध अन्त्य नभएसम्म तेलको मूल्य बढ्छ’


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल आयल निगमले चरम घाटा थेग्न नसकिको भन्दै प्रधानमन्त्रीको कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई इन्धन खपत घटाउन १० बुदेँ माग पेस गरेको छ । निगमको बोड बैठकले चुलिँदो घाटाका कारण इन्धन आपूर्ति प्रभावित हुनसक्ने जानकारी दिँदै खपत घटाउन सरकारले तत्काल लागु गर्नु पर्ने गरी १० बुँदे प्रस्ताव पठाउने निर्णय गरेको हो । नेपाल आयल निगमका अनुसार चरम संकटमा परेका बेला सरकारले दिनुपर्ने स्रोत नदिएको जनाएको छ । निगमले १० बुँदे सुझावमा सरकारी तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न विद्युतीय चुलो सहुलियत मूल्यमा बिक्री गर्न मोटर साइकललाई एक पटकमा ५ लिटर र कार तथा साना सवारीलाई २० लिटर इन्धन दिनका लागि सुझाव दिएको छ । नेपाल आयल निगम यस्तो १० बुदेँ सुझाव दिने अवस्थामा किन पुग्यो ? लगातार बढिरहेको इन्धनको मूल्य र मूल्य बढ्दा पनि किन घाटामा गइरहेको छ नेपाल आयल निगम ? यो विषयमा नेपाल आयल निगमका सह–प्रवक्ता पुष्कर कार्कीसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

नेपाल आयल निगम १० बुँदे सुझाव पेस गर्नु पर्ने अवस्थामा किन पुग्यो ?
हरेक वर्ष हेर्ने हो भने १० प्रतिशतका दरले पेट्रोलियम पर्दाथको खपत वृद्धि हुँदै गएको छ । तर, यो आर्थिक अवस्थामा ७० प्रतिशतले खपत वृद्धि भएको छ । त्यसले गर्दा राष्ट्रको पैसा धेरै खर्च भयो । पेट्रोलियम पदार्थ खपत ३० अर्ब तिनुपर्ने छ । त्यो तिर्न सकेका छैनौँ । त्यसकारण पेट्रोलियम पदार्थको खपत घटाउन १० बुँदामा विकल्प दिएका थियौँ ।

तेल बेच्न बसेको संस्थाले नै बेच्न नपाए हुन्थ्यो भने झैँ गर्नुको अर्थ स्थिति त निकै भयावह बन्दै छ कि के हो ?
पहिले पनि हामीले नेपाल सरकारलाई १० बुदेँ सुझाव दिएका थियौँ । त्यसको केही महिनापछि खपत अलि कम पनि भएको थियो । विश्वभरि नै संकटको अवस्था आएको हुनाले जुन सकै अवस्था आए पनि पेट्रोलियम पर्दाको खपत घटाउनु पर्दछ भनेका छौँ ।

रसियाले अरू देशलाई तेल नदिएर भारत चीन जस्तो देशलाई सस्तो मूल्यमा दिएको छ र भारतले नेपाललाई कसरी बढी पैसा पर्छ भनेको छ ?
हामीले इन्डियन आयल कर्पोरेसनको फ्रुडबाट खरिद नगरेर फिनिसबाट खरिद गर्दछौँ । त्यसको लागत अहिले विश्व भरि नै बढेको छ । त्यस कारण यसको मूल्य बढ्यो र लागत उच्च रहेको छ । यो आर्थिक वर्षको ५२ अर्ब देखिन्छ भने राष्ट्र बैकलाई पनि मासिक रूपमा १२/१३ अर्ब भन्दा बढेको पेट्रोलियम पदार्थ नल्याउनु भनेको छौँ । तर, त्यसमा ३० अर्ब भन्दा बढेको खपत भएको छ ।

रुसबाट सस्तोमा भारतले ल्याएको तेल हामीलाई महँगो किन परेको छ ?
रुसबाट ल्याएको तेल हामीले अहिले पाएका छैनौँ । खाडी मुलुकबाट नै ल्याएको तेल प्रयोग गरेका छौँ । तर, नेपाल सरकारले रुसबाट आएको तेल ल्याउनको लागि पनि पहल गरेको छ ।

१० बुँदे प्रस्ताव गर्नु भएको छ, त्यसलाई कार्यान्वयन गर्नु पर्दा देश त ठप्प हुन्छ नि ?
हामीले पेस गरेका सबै प्रस्ताव लागू गर्नु गर्दैन । जुन मुख्य कुराहरु चाहिँ चाडोँ कार्यान्वयनमा होस । हामीले यो पेट्रोलियम पदार्थ खपतलाई घटाएर विद्युतीय माध्यमलाई बढवा दिएर विदेशी मुद्राको संञ्चितिमा जोड दिएका छौँ ।

श्रीलंकामा तेल नभएका कारण विद्यालयहरू बन्द गरियो । नेपाल पनि कतै त्यस्तै स्थितिमा पो पुग्ने जस्तो देखियो त ?
श्रीलंकामा विदेशी मुद्रा जिरो भयो पेट्रोलियम पर्दाथ खपत गर्न सकेन । भण्डारण अवस्था नेपालको त्यस्तो छैन । ६ महिना भन्दा बढी समयलाई पुग्ने विदेशी मुद्राको संञ्चिति नेपालसँग छ ।

पेट्रोलियम पर्दाथमा फेरि मूल्य बढाउनु भयो । के यो इन्डियन आयल कर्पोरेसनबाट नै बढेर आएको हो ?
मूल्य बढेर नै आए पछि नेपाल आयल निगमले बढाएको हो । एक वर्ष अगाडि इन्डियासँग किन्दा लागत प्रति लिटर ५२/५३ रुपैयाँ थियो । तर, अहिले १३३ दोब्बर भएको छ । अहिले पेट्रोलियम पर्दाको मूल्य २११ रुपैयाँ छ र २८१ रुपैयाँमा दिएका छौँ । ३० रुपैयाँ अझै पनि नोक्सानी भएको छ ।

सरकारले कर घटायो र अलिकति भए पनि सहुलियत पाइएल कि भन्ने जनताहरू तपाईँहरू तेलको भाउ बढाउँदै हुनुहुन्छ, यसरी त नागरिक आजित हुने स्थिती भएन र ?
नेपाल सरकार मन्त्रिपरिषद्को निणर्य अनुसार पेट्रोल र डिजेलको मूल्य समावेश गर्ने भनिएको छ । त्यसैले यो असार मसान्तसम्ममा क्षति पूर्ति पनि हुन सक्ने सम्भावना छ । विश्व बजारलाई हेर्दा लगभग २० महिनाको अवधिमा लगातार मूल्य बढेको छ । रसिया र युक्रेनको लडाइँ जबसम्म अन्त्य हुँदैन तबसम्म रसियाको तेल विश्व बजारमा आउँदैन । र, थप मूल्य बढ्दै जानसक्छ ।

नेपाल आयल निगमले यसरी नै मूल्य बढ्दै गयो भने के गर्ने भनेर केही योजना गरेको छ ?
इन्डियन आयल निगम कर्पोरेसनलाई ३० अर्ब तिर्न पर्ने बाँकी रहन्छ । तबसम्म हामीलाई पेट्रोलियम पर्दाको मूल्य सप्लाई कम गर्दिन्छ । जसबाट बजारमा माग बढ्छ । त्यस कारण यसलाई रोक्न नेपाल सरकारलाई कच्चा पर्दाथको खपत कम गर्न माग गरेका छौँ ।

धेरैले तेल बेच्ने संस्था घाटा भयो भनेर पनि धेरै भत्ता खाइरहेको छ भन्छन् यो विषयमा छलफल हुँदैन ?
२०५८ साल देखि कुनै पनि कर्मचारीलाई बोनसको व्यवस्था गरेको छैन । धेरै सुविधाहरू पनि कटौती गरेका छौँ । प्रत्येक १५ दिनमा नाफा नोक्सानको हिसाब राखेका छौँ । धेरै संस्थाले अनुसन्धान गरेका छन् र सबै डाटाहरू छन् ।

तपाईहरुले दिन खोजेको १० बुँदे सुझाव सरकारले कार्यान्वयन गरेन भने के हुन्छ ?
यो भन्दा अगाडि पनि विभिन्न सुझाव दिएका थियौँ । त्यसमा हप्तामा २ दिन बिदा दिने पनि नियम लागु गरिएको थियो । त्यसको आधारमा हेर्ने हो भने जेठ महिनामा पेट्रोल १३ प्रतिशत खपत कम भएको थियो भने डिजेल ५ प्रतिशत कम भएको थियो । त्यसैले जसरी भए पनि खपत कम गराउने उद्देश्यले हामी लागि परेका छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : ५८ बजे

उपनिर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

काठमाडौं – आसन्न उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने

ओलीलाई प्रचण्डको जवाफ- ‘चाइना कार्ड’ खेल्न खोज्नुभयो भनेको होइन

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

स्मार्ट सिटीका लागि हिंसारहित समाज अनिवार्य : चिरीबाबु महर्जन

पाटन– ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट सिटी’ हुनका लागि

कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न  

काठमाडौं– युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं

विमान चालकको समस्या छिट्टै समाधान हुन्छ : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निर्धारित समयमा