हावाहुरीले सर्लाहीमा दुई घाइते, करेन्ट लागेर बालकको मृत्यु « Khabarhub

हावाहुरीले सर्लाहीमा दुई घाइते, करेन्ट लागेर बालकको मृत्यु


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ ।

त्यस्तै मलङ्गवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन् । घाइते हुनेमा महोत्तरी जिल्ला परौल–६ बर्दिया घर घई हाल मलङ्गवा–१२ गम्हरीया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए ।

जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

अहिले दुवै घाइतेको उपचार सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भइरहेको छ । अत्यधिक तेजगतिको हावाहुरीले बालीनालीमा समेत क्षति गरेको किसानले जनाएका छन् । हावाहुरीले तरकारीबाली र आँपलाई बढी क्षति पु¥याएको चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिए ।

यसैबीच करेन्ट लागेर सर्लाहीको रामनगर गाउँपालिकामा एक बालकको ज्यान गएको छ । रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लगेर ज्यान गएको हो । टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १० : ११ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि