कोरोनाका कारण चीनको सियान सहरमा फेरि लकडाउन « Khabarhub

कोरोनाका कारण चीनको सियान सहरमा फेरि लकडाउन


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ ।

१ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए ।

आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।

सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ ।

सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।