काठमाडौँमा साझाका ३ वटा विद्युतीय बस सञ्चालन « Khabarhub

काठमाडौँमा साझाका ३ वटा विद्युतीय बस सञ्चालन


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साझा यातायातले बिहीबारदेखि नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा ल्याइएका तीन वटा विद्युतीय बस बिहीबारबाट सञ्चालनमा आएका हुन् ।

साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त विद्युतीय बसको हरियो झण्डा देखाएर शुभारम्भ गरेका हुन् । विद्युतीय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुट र लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा सञ्चालन भएको साझा यातायातले जानकारी दिएको छ ।

साझाका तीन वटै बसमा चालक र परिचालक महिला छन् । अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दसैँ अघि सेवा सुरु हुने बताइएको छ । साझा यातायातले विद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १ : ४२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका