'विश्वभर १५ करोड मानिस भोकमरीको चपेटामा' | Khabarhub Khabarhub

‘विश्वभर १५ करोड मानिस भोकमरीको चपेटामा’


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- कोभिड–१९ को महामारी र युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर भोकमरीबाट पीडित व्यक्तिको संख्या १५ करोडले बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

युक्रेन संकटले आगामी महिनामा झन् नराम्रो बनाउन सक्ने र यसले विश्वभरका सबैभन्दा बढी प्रभावित देशहरूलाई अनिकालतर्फ धकेल्न सक्ने चेतावनी पनि राष्ट्रसंघले दिएको छ ।

प्रतिवेदनअनुसार विश्वभर करिब ८२ करोड ८० लाख मानिस कुनै न कुनै प्रकारको कुपोषणबाट ग्रस्त छन् । यो गत वर्षको तुलनामा ४ करोड ६० लाखले बढी र महामारीअघिको संख्याको तीन गुणा हो ।

‘आगामी महिनाहरूमा यो संख्या अझ बढ्ने वास्तविक खतरा छ’  संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का कार्यकारी निर्देशक डेभिड बिस्लेले भने ।

‘युक्रेनको संकटको परिणामस्वरूप खाद्यान्न, इन्धन र मलको विश्वव्यापी मूल्य वृद्धिले विश्वभरका देशहरूलाई अनिकालमा धकेल्ने खतरा छ । यसको नतिजा विश्वव्यापी अस्थिरता, भोकमरी र अस्वाभाविक सामूहिक बसाइसराइ हुनेछ । यो प्रकोप रोक्नको लागि हामीले आज काम गर्नुपर्छ’ उनले अगाडि भने ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  २ : ३० बजे

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी

मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादन घट्यो

काठमाडौं– पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने

क्लब विश्वकप : युभेन्ट्सको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबलमा युभेन्ट्सले विपक्षीको पोस्टमा ५

प्रभावकारी बन्दै कृषक पाठशाला : विषादी औषधि होइन भन्ने बुझ्दै किसान

बेनी– बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र