कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न « Khabarhub

कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न

६६.८३ प्रतिशत मत खस्यो


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो चरणको मतदान सम्पन्न भएको छ ।

कडा सुरक्षाका बीच भएको दोस्रो मतदानमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सम्म सञ्चालन भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकोमा ६६.८३ प्रतिशत मत खसेको हो ।

बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा केही समय विवाद भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लगेर सामान्य रूपमा मतदान सम्पन्न भएको उनले बताए ।

१० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । नगरप्रमुखमा नेपाली काँग्रेसबाट रङ्ग बहादुर खाती र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको स्थानीयको भनाइ छ । २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरी मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । तर काँग्रेसले कब्जा गरेको भनिएका ७ र ९ मा प्रहरीले संरक्षण गरिरहेको थियो । वैशाख ३० गते भएको चुनावमा भने ७५ दशमलव ५८ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : २३ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको