यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने यातायात व्यवसायी महासङ्घको विश्वास « Khabarhub

यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने यातायात व्यवसायी महासङ्घको विश्वास


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ ।

महासङ्घले आज नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तिहाक राईलाई भेटेर कार्यकाल सफलताको शुभकामना दिँदै यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधान हुने विश्वास लिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा गएको यातायात व्यवसायीको टोलीले नवनियुक्त मन्त्रीको कार्यकालमा समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण हुनुका साथै समयानुकूल व्यवस्थित र यात्रुमैत्री यातायात सञ्चालन हुने बताएको छ ।

महासङ्घले नयाँ मन्त्रीको कार्यकालमा देशभर नियमित र व्यवस्थितरूपले उपभोक्तामुखी सेवा दिने अभिप्रेरणा मिल्ने बताएको छ । भेटमा मन्त्री राईले यातायात क्षेत्रको सुधारका लागि सरकार व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : ४५ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७