यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने यातायात व्यवसायी महासङ्घको विश्वास « Khabarhub

यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने यातायात व्यवसायी महासङ्घको विश्वास


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ ।

महासङ्घले आज नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तिहाक राईलाई भेटेर कार्यकाल सफलताको शुभकामना दिँदै यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधान हुने विश्वास लिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा गएको यातायात व्यवसायीको टोलीले नवनियुक्त मन्त्रीको कार्यकालमा समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण हुनुका साथै समयानुकूल व्यवस्थित र यात्रुमैत्री यातायात सञ्चालन हुने बताएको छ ।

महासङ्घले नयाँ मन्त्रीको कार्यकालमा देशभर नियमित र व्यवस्थितरूपले उपभोक्तामुखी सेवा दिने अभिप्रेरणा मिल्ने बताएको छ । भेटमा मन्त्री राईले यातायात क्षेत्रको सुधारका लागि सरकार व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १० : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै