बुढिगंगा अपडेट : मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी « Khabarhub

बुढिगंगा अपडेट : मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी

मेयर /उपमेयरमा एमालेको अग्रता 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए ।

उनका अनुसार वडा नम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–८ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ ।

बुढीगंगा नगरपालिकाको मेयर र उप–मेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडी रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुँदा मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकी  माया कुमारी खड्का (कुवँर) ले  २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै