आबेको निधनपछि शोकमा डुब्यो जापान « Khabarhub

आबेको निधनपछि शोकमा डुब्यो जापान


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ ।

जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शुक्रबार बिहान ४१ वर्षीय व्यक्तिले एउटा चुनावी सभामा हत्या गरेका थिए । बेलाई गोली लागेपछि नारा अस्पताल लगिएको थियो । आक्रमणको साढे पाँच घन्टापछि उनलाई मृत घोषित गरिएको थियो ।

उक्त हत्याको विश्व नेताहरूले निन्दा गरेका छन् । प्रहरीले आबेको हत्याराको उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेको छ ।

‘नारामा यस्तो घटना भएको देखेर म स्तब्ध छु’, डाउनटाउनको रेल स्टेसननजिकै भएको  घटनास्थलमा फूल चढाएपछि ५० वर्षीय गृहिणी नात्सुमी निवाले भनिन् ।

अबेको हत्यापछि उपनिर्वाचनमा सहनुभूतिको मत बढ्ने आँकलन पनि गरिएका छन् । ‘अब सहानुभूतिको मतले  विजयको मतान्तर बढाउन सक्छ’, सल्लाहकार फर्म टेनेओका उपाध्यक्ष जेम्स ब्राडीले भने । आबेको ठूलो प्रभाव रहेको लिबरल डेमोक्र्याटिक पार्टीले धेरै सिट ल्याउने यसअघि नै अनुमान गरिएको थियो ।

आबेको मृत्युले जापानमा सार्वजनिक व्यक्तित्वहरूका लागि सरकारले प्रदान गर्दै आएको सुरक्षाका बारेमा  प्रश्न खडा गरेको छ ।  चुनावी मौसममा राजनीतिज्ञहरूले रेल स्टेसनहरू र सुपरमार्केटबाहिर मतदाताहरूलाई प्रत्यक्ष अपील गर्छन् । त्यस्ता क्षेत्र सुरक्षाका दृष्टिले बढी संवेदनशील मानिन्छन् ।

संसदको माथिल्लो सदनका लागि मतदान हुनुअघि चुनावी प्रचारको अन्तिम दिन शनिबार फेरि प्रचार सुरु भएको छ । चुनावमा प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जित्ने आशा गरिएको छ ।

धेरै पार्टीहरूले शनिबार वरिष्ठ व्यक्तित्वहरूलाई भाषण गर्न रोक्ने प्राप्त विवरणमा जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : १९ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित