‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’ | Khabarhub Khabarhub

‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही संचार माध्यमहरूमा सेनेटरी प्याड आयत गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।

केही संचार माध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गरेको भनेर समाचार प्रकाशित गरेपछि शनिबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले बच्चाहरूका लागि डाइपर मात्रै आयत गर्ने गरेको स्पष्ट पारेको हो ।

‘विभिन्न संचार माध्यमहरूमा ब्लुप्रिन्ट ट्रेडिङ प्रालिका विषयमा विना आधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरूका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो,’ कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न संचार माध्यममा सेनेटरी प्याड आयत गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ति छ । ब्लुप्रिन्ट ट्रेडिङले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयत गरेको छैन ।’

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : ०२ बजे

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा

साफ महिला यू–२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाडौं – सागोरिकाको ह्याट्रिक गोलमा बंगलादेशले साफ महिला यू–२० च्याम्पियनसिपको

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न

नेपालको पोष्टमा बंगलादेशको चार गोल

काठमाडौं – २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गतको