बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण « Khabarhub

बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको महाशाखाको किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।

काठमाडौँको सिभिल अस्पतालमा उक्त किराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । उनका अनुसार गत वर्ष पनि उक्त किराको सङ्क्रमणका कारण तीन/चार बिरामी भेटिएका थिए । “अहिले पनि नाइरोबी फ्लाई किरा देखिन थालेको छ । किरा बाहिरी मुलुकबाट नआइ यही उत्पादन हुने गर्दछ”, दाहालले भने, “किराले लामखुट्टे जस्तो सङ्क्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठूलोरुपमा यो किराले सङ्क्रमण ल्याउँदैन ।”

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । उनी किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने बताउँछन्। “किरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने सङ्क्रमण हुँदैन”, दाहालले भने, “किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ । जुन एसिड शरीरलाई हानि गर्दछ ।”

एसिड छालामा लागेपछि २४ घण्टा भित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको किटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिए । “लक्षण देखिएपछि धेरै मानिस आफैँ सञ्चो भएर जान्छन्”, उनले भने, “सञ्चो नभएका नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।”

प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ । किराबाट हुने सङ्क्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको उनले बताए । किराको सङ्क्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र किरा विज्ञसँग छलफल गर्ने तयारी भइरहेको दाहालले बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ५ : १५ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले