असारमा बाली लगाउँदै किसानमा चिन्ता « Khabarhub

असारमा बाली लगाउँदै किसानमा चिन्ता


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मलखाद तथा उन्नत बिउ बिजन अभावले यस वर्ष महाेत्तरीमा कृर् उत्पादन घट्ने किसानकाे भनाइ छ । समयमै बिउ बिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । `धान रोपाइ त गरियो तर फल्छ कि फल्दैन बडो गार्‍हो छ ।´ बर्दिबास-३ का किसान सुजन पौडेलले भने ।

एकातिर जलवायु परिवर्तनको प्रकोप अर्कोतिर मलखाद अभावका कारण किसानहरू कृर्षि पेशाबाटै बितृष्ण लागेकाे बताउँछन् । प्राङ्गरिक मलले मात्र उत्पादन नहुने र उत्पादनका लागि  रासायनिक मलमा नै भर पर्नु पर्ने बाध्यताले पछिल्लो समय समस्या बन्दै गएको किसानहरूको गुनासो छ ।

कृषि विज्ञ भने उत्पादनमा कमी आउनु किसानको आफ्नै कारण पनि रहेबाे बताउँछन् । खेतबारीमा रासायनिक मल मात्र हाल्नाले केही वर्ष उत्पादन बढे पनि त्यसपछि स्वतः ह्रास आउने विज्ञहरूको बुझाइ छ ।

किसानहरूले विज्ञसँग छलफल नै नगरी आफूखुसी बिउ प्रयोग गर्दा पनि उत्पादनमा ह्रास आएको वरिष्ठ कृषि विज्ञ माहादेवप्रसाद पौडेलले बताए ।

किसानहरूले प्रयोग गर्दै आएको सोना मन्सुली धानको प्रजाति सोना मन्सुली नै नभएको विज्ञहरूले बताए । सोना मन्सुली भनिएको धानलाई किसानहरूले विस्थापन नै गर्नुपर्ने सुझाव दिँदै वरिष्ठ कृषि विज्ञ ललनकुमार सिंहले उत्पादन बढाउन बिउ बिजन समेत उपयुक्त छनोट गर्नुपर्ने बताए ।

मौसमको अस्वाभाविक परिवर्तन हुँदा किराहरूको प्रकोपले पनि किसानले समस्या भोग्दै आएका छन् । जसको कारण उत्पादनमा ह्रास आएको  छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ४ : ३६ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग