निर्देशकको ह्याट्रिकले ‘जात्रै जात्रा’ लाई मालामाल ! « Khabarhub

निर्देशकको ह्याट्रिकले ‘जात्रै जात्रा’ लाई मालामाल !


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – निर्देशक प्रदीप भट्टराई पछिल्लो समयका खुबै व्यस्त निर्देशकमा पर्छन् । उनले निर्देशन गरेका ३ फिल्म जात्रा, शत्रु गतेजात्रै जात्रा व्यावसायिक रुपमा सफल भएपछि भट्टराई यतिबेला मख्ख छन् । भट्टराईले तीनै फिल्मबाट तारिफ पाएका छन् भने व्यावसायिक रुपमा सफल चलचित्र बनाउने निर्देशकमा उनले ह्याट्रिक गरेका छन् ।

तीनै सफल चलचित्र बनाउनुको फाइदा निर्देशक भट्टराईलाई त भएको छ नै । त्यो बाहेक फिल्म ‘जात्रै जात्रा’ लाई पनि परेको छ । सफल फिल्म निर्देशन गरेको क्रेडिट पाएसँगै यो फिल्म छैठौँ हप्तामा चलिरहेको छ । अझै यो फिल्मले प्रतिक्रिया पाउने क्रम जारी छ । नेपालसहित अस्ट्रेलियाका नेपालीबीच पनि प्रदर्शन भएको यो फिल्मले अस्ट्रेलियामा समेत राम्रो प्रतिक्रिया पाएको छ ।

विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा कमेडी जानरामा निर्माण भएको हो । यसअघि पनि कमेडी ‘सेन्स’ सहितका फिल्म निर्देशन गरेका भट्टराईले फिल्मबाट प्रर्याप्त चर्चा पाइरहेका छन् ।

अर्कातिर उनले सफल फिल्ममा गरेको ह्याट्रिकका कारण पनि चर्चामा छन् । भोलिका दिनमा कस्ता फिल्म निर्देशन गर्छन् र आफ्नो क्रेज कसरी जोगाउँछन् भन्ने एउटा कुरा हो, अहिले भने उनी पछिल्लो सयमका उत्कृष्ट फिल्म निर्देशक बन्न सफल भएका छन् । त्यो पक्का हो ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ५ : २५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा