निर्देशकको ह्याट्रिकले ‘जात्रै जात्रा’ लाई मालामाल ! « Khabarhub

निर्देशकको ह्याट्रिकले ‘जात्रै जात्रा’ लाई मालामाल !


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – निर्देशक प्रदीप भट्टराई पछिल्लो समयका खुबै व्यस्त निर्देशकमा पर्छन् । उनले निर्देशन गरेका ३ फिल्म जात्रा, शत्रु गतेजात्रै जात्रा व्यावसायिक रुपमा सफल भएपछि भट्टराई यतिबेला मख्ख छन् । भट्टराईले तीनै फिल्मबाट तारिफ पाएका छन् भने व्यावसायिक रुपमा सफल चलचित्र बनाउने निर्देशकमा उनले ह्याट्रिक गरेका छन् ।

तीनै सफल चलचित्र बनाउनुको फाइदा निर्देशक भट्टराईलाई त भएको छ नै । त्यो बाहेक फिल्म ‘जात्रै जात्रा’ लाई पनि परेको छ । सफल फिल्म निर्देशन गरेको क्रेडिट पाएसँगै यो फिल्म छैठौँ हप्तामा चलिरहेको छ । अझै यो फिल्मले प्रतिक्रिया पाउने क्रम जारी छ । नेपालसहित अस्ट्रेलियाका नेपालीबीच पनि प्रदर्शन भएको यो फिल्मले अस्ट्रेलियामा समेत राम्रो प्रतिक्रिया पाएको छ ।

विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा कमेडी जानरामा निर्माण भएको हो । यसअघि पनि कमेडी ‘सेन्स’ सहितका फिल्म निर्देशन गरेका भट्टराईले फिल्मबाट प्रर्याप्त चर्चा पाइरहेका छन् ।

अर्कातिर उनले सफल फिल्ममा गरेको ह्याट्रिकका कारण पनि चर्चामा छन् । भोलिका दिनमा कस्ता फिल्म निर्देशन गर्छन् र आफ्नो क्रेज कसरी जोगाउँछन् भन्ने एउटा कुरा हो, अहिले भने उनी पछिल्लो सयमका उत्कृष्ट फिल्म निर्देशक बन्न सफल भएका छन् । त्यो पक्का हो ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ५ : २५ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले