बेग्लै जनसङ्ख्या मन्त्रालय बनाउन आग्रह | Khabarhub Khabarhub

बेग्लै जनसङ्ख्या मन्त्रालय बनाउन आग्रह


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सदस्य डा विमला राई पौडेलले जनसङ्ख्या जनशक्ति व्यवस्थापनसम्बन्धी बेग्लै मन्त्रालय स्थापना गर्न आग्रह गरेकी छिन् ।

विश्व जनसङ्ख्या दिवस २०२२ का अवसरमा त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले आयोजना गरेको ‘जनसङ्ख्या, समृद्धि र  विकास’ विषयक विचार गोष्ठीमा सांसद पौडेलले मुलुकमा कुन क्षेत्रमा कति जनशक्ति, कर्मचारी र प्राविधिक आवश्यक पर्छ भन्ने योजनातर्जुमा र व्यवस्थापन गर्न बेग्लै मन्त्रालय चाहिने बताइन् । उनले जनशक्तिको उचित योजना नहुँदा युवामा बेरोजगारी र विदेश पलायनको क्रम बढेको टिप्पणी गरिन् ।

उनले सबैभन्दा खेतीयोग्य जमिन, धेरै जनसङ्ख्या, धेरै सीमानाका मधेसमै भए पनि त्यही प्रदेशमा बढी बसाइँसराइ हुनुका कारण खोज्न आग्रह गर्दै जनसाङ्ख्यिक लाभ लिनसक्ने गरी योजना बनाउनुपर्नेमा जोड दिइन् । 

राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुरेन्द्रलाभ कर्णले खुल्ला सीमानाका कारण नेपाल र भारतमा बसाइँसराइ सामान्य हुँदा जनसङ्ख्याका सम्बन्धमा संवेदनशीलता अपनाउनुपर्ने बताए । उनले जनसङ्ख्यालाई विकास, शिक्षा, रोजगारीसँग जोड्न नसकेमा मुलुक समृद्ध नहुने बताए ।

सो विषयमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञ डा गणेश गुरुङ र बालकृष्ण माबुहाङले जनसङ्ख्यालाई विकास र वातावरणसँग एकसाथ व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै स्रोतसाधनको उपलब्धताका आधारमा बसाइँसराइ हुने भएकाले समानुपातिक विकासतर्फ योजना बन्नुपर्ने बताए । विभागका प्रमुख प्रा डा योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्या र विकासलाई जोड्न प्राज्ञिक बहस र अनुसन्धान आवश्यक भएको बताए ।

विभागले दिवसकै अवसरमा मङ्गलबार जनगणना २०७८, जनसङ्ख्या र विकास शीर्षकका वक्तत्वकला प्रतियोगिता तथा त्रिविमा जनसङ्ख्या अध्ययन कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शन गर्दैछ । यस वर्षको दिवसको नारा ‘आठ अरब जनसङ्ख्या  सबैको छनोट र अधिकारको निश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ रहेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ३५ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा