बागमती प्रदेशद्वारा युवा नीतिको मस्यौदा तयार « Khabarhub

बागमती प्रदेशद्वारा युवा नीतिको मस्यौदा तयार


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेश सरकारले  ‘प्रदेश युवा नीति–२०७९’ को मस्यौदा तयार पारेको छ । युवालाई प्रदेश विकासको मूल प्रवाहमा ल्याई सामाजिक न्याय, मानवीय, आर्थिक र भौतिक विकास सुनिश्चित गर्न युवाको गुणात्मक क्षमता विकास गरी गतिशीलता र सृजनशीलताको पर्यायका रूपमा स्थापित गर्नका लागि नीतिको मस्यौदा तयार पारेको हो । 

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको नीतिका बारेमा आज सरोकारवालाबीच छलफल गरिएको छ । छलफलमा युवा मन्त्री रत्न ढकालले युवा नीतिलाई युवाका विकासको संवाहकको रूपमा तयार गरिने बताए । उनले प्रदेश सरकारले युवा क्षेत्रमा उल्लेखनीय काम गरिरहेको भन्दै युवा नीतिले युवाका समस्या समाधान तर्फ केन्द्रित हुने बताए।

‘हिजो हामी युवाका जुन कुरा उठाइरहेका थियौँ । आज त्यही कुरा सम्बोधन गर्ने ठाउँमा रहेका छौँ’ उनले भने, ‘नीतिले प्रदेशमा रहेका स्रोत साधन प्रयोग गरी युवालाई आत्मनिर्भर बनाउने खालको रहने छ ।’

अहिले रहेका बेरोजगार युवालाई अवसरको रूपमा लिनुपर्ने भन्दै ती युवाबाट सरकारले धेरै भन्दा धेरै लाभ लिन सक्ने बताए । नेपाली काँग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता राधा घलेले युवा नीति व्यवहारमा उतार्ने खालको हुनुपर्ने बताइन् । अहिलेका युवाका समस्यालाई ध्यानमा राखी नीति बन्ने पर्ने उनको भनाइ रहेको थियो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रदेश तहमा युवाको नेतृत्व विकास गर्नका लागि नीतिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले युवा नेतृत्वको सशक्तिकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा युवाका संरचना बनाइ युवाको क्षेत्रमा काम गर्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का नेता तथा अनेरास्ववियु (क्रान्तिकारी) का पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले युवा नीति कार्यान्वयन गर्ने खालेको बनाउनुपर्नेमा जोड दिए। उनले प्रदेश सरकारको क्षमता, योग्यताअनुसार युवालाई नेतृत्व विकास गर्ने खालका कार्यक्रम नीतिमा हुनुपर्ने बताए । 

माओवादी केन्द्रका नेता तथा अनेरास्ववियु (क्रान्तिकारी) का पूर्व अध्यक्ष हिमाल शर्माले युवामा सकारात्मक भावनाको विकास गरी नेपाली माटो सुहाउँदो जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए। नेकपा (एमाले) का केन्द्रीय सदस्य माधव ढुङ्गेलले युवा नीति युवाका मुद्दा समेट्न खालका हुनुपर्ने बताए । उनले नीतिमा रहेका कार्यक्रमलाई कार्यान्वयनतर्फ लैजान अनुसार बनाउनुपर्ने धारणा राखे । 

अनेरास्ववियुका अध्यक्ष सुनिता बराल, अनेरास्ववियुका महासचिव आरती लामा, नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल लगायतले युवा विद्यार्थीलाई राज्यले सही रूपमा सदुपयोग गर्न सक्ने हो भने मुलुकको समृद्धि चाँडै हुने बताए। उनीहरूले युवामा भएको क्षमता, सीप र ज्ञानलाई चिन्नुपर्ने बताए । 

बागमती प्रदेशका प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँ मस्यौदालाई चाँडै नै अन्तिम रूप दिएर सार्वजनिक गर्ने बताए । वाग्मती प्रदेशमा  १६ देखि ४० वर्षका युवाको सङ्ख्या प्रदेशको जनसङ्ख्याको ३५.७९ प्रतिशत रहेका छ । मस्यौदामा युवाको सामाजिक, आर्थिक, राजनीति र विकास निर्माणमा नेतृत्व विकास गर्न वाग्मती प्रदेशमा १३ वटै जिल्लाका एक हजार युवालाई नेतृत्व विकास तालिम प्रदान गरिने छ । 

मस्यौदामा युवाको नेतृत्वको विकास गर्नका लागि ‘युवा नेतृत्व मञ्च’, ‘युवा सेल’ ‘युवा उद्यमी सञ्जाल’ ‘प्रदेश रोजगार बैंक’ जस्ता कार्यक्रम राखिएका छन् । यस्तै नीतिको मस्यौदामा प्रदेश सरकारबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रमको दोहोरोपनलाई शून्यमा झारी युवा सम्बन्धी नीति, कार्यक्रम र बजेट निर्माणमा समन्वयात्मक भूमिका खेल्दै प्रदेश सरकारबाट सञ्चालन हुने युवा लक्षित कार्यक्रमलाई नतिजामुखी बनाइने छ ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : २४ बजे

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन