झापामा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु « Khabarhub

झापामा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विर्तामोड– झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ ।

बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए ।

बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे १ ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन् ।

घाइते भएका उनीहरूमध्ये अटोचालक खड्काको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : ०४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम