भरतपुर विमानस्थल, क्रिकेट रंगशालालगायतका काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

भरतपुर विमानस्थल, क्रिकेट रंगशालालगायतका काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत जलविद्युतलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतसँग भेटवार्तापछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिएका हुन् । 

अघिल्लो सरकारको पालादेखि नै चितवनमा रहेका यी विकासका काम रोकिएका थिए । ‘चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू भरतपुर एअरपोर्ट विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य रोकिएको विषय, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति गर्नेलगायतबारे प्रधानमन्त्रीज्यूले तुरुन्त कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिनुभयो,’ भरतपुर महानगरकी मेयर दाहालले भनिन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : १६ बजे

पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म ३ महिना निःशुल्क बस सेवा

काठमाडौं– पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकको सडकसम्म आउने

रबिको ‘मिश्रित खेती’मा २७ प्रजातिका नगदेबाली

झापा– मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका किसान रबि नेपालले एउटै जमिनमा २७

सरकारको कूटनीतिक योजना : नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’मा परिणत गर्ने 

काठमाडौं– सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्रमा आधारित

प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले मंगलबार नेपालसँग सीमा