करणीको आरोपमा टिपर चालक पक्राउ « Khabarhub

करणीको आरोपमा टिपर चालक पक्राउ


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टिपरभित्रै एक महिलालाई जबर्जस्ती करणी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र १७ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई सोमबार पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ नेपालीले यही असार २४ गते राति रोकी राखेको रा १ ख २७३४ नम्बरको टिपरभित्र जबर्जस्ती करणी गरेको खुल्न आएको जानकारी दिए । दोलखाबाट काठमाडौँ आएको उक्त टिपरले गौशालाबाट ती महिलालाई टिपरमा हालेर थानकोट ल्याएका थिए ।

 थानकोटस्थित प्रहरी वृत्तका प्रमुख डिल्लीनारायण पाण्डेको नेतृत्वमा खटिएको टोलीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्रसूति गृहमा पठाएको प्रहरी उपरीक्षक मैनालीले बताए । पक्राउ परेका नेपालीलाई मुलुकी फौजदारीसंहिता २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १२ : ४१ बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६